प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत भोजपुरमा श्रम संस्कृति पार्टीको ध्रुवराज राई विजयी भएका छन्। यस क्षेत्रमा १६,६६३ मतका साथ राई विजयी भएका हुन्।
यसैगरी नेकपा (एमाले) का शेरधन राईले १,९१३ को मतले पछि परेका छन्। शेरधन राईले १४,७५० मत प्राप्त गर्दा नेपाली कांग्रेसका बालकृष्ण थापाले ८,६७० मत प्राप्त गरेर तेस्रो भएका छन्। राष्ट्रिय स्वतन्त्रता पार्टीको रमेश ओझाको ६,१०२ मत र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले ५,६२८ मत प्राप्त गरेका छन्।
भोजपुरमा कुल १२,३३७९ मतदाता रहेका छन् जसमा ६४, १२५ पुरुष र ५९, २५३ महिला छन्। यहाँ १ प्रतिनिधि सभा र २ प्रदेशसभाको निर्वाचन क्षेत्र छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ १५:१२ आइतबार





