६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

देउवाले आजै गगन-विश्वसँग संवाद गर्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने तयारी गरेका छन्।

देउवा निवासमा बसेको संस्थापन पक्षको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूले महामन्त्रीद्वयसँग संवाद गर्ने जानकारी दिए। उनका अनुसार सभापति देउवा स्वयं छलफलका लागि तयार भइसकेका छन् र आजै भेटवार्ता हुने सम्भावना छ।

पार्टीभित्र देखिएको असहमतिलाई संवादमार्फत समाधान गर्दै एकता कायम राख्ने उद्देश्यका साथ दुवै पक्ष लचिलो देखिएको विश्वकर्माले बताए। कांग्रेसभित्र सहमति र सहकार्यको वातावरण बनाउन शीर्ष तहमा पहल अघि बढाइएको उनको भनाइ छ।

प्रकाशित: २८ पुस २०८२ १७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App