१६ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

देउवा-शेखर समूहद्वारा समानान्तर बैठक आह्वान

नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

जानकारी अनुसार मंगलबार बिहान ११ बजे महाराजगञ्जमा १४औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। बैठकमा समसामयिक राजनीति र आधिकारिकतालाई लिएर सर्वोच्चमा दायर रिटबारे छलफल गर्न बैठक आह्वान गरिएको हो।

विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिए पनि यो समूहले समानान्तर गतिविधि गर्दै आएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको पक्राउलाई लिएर गगन थापा नेतृत्वको कांग्रेसभन्दा यो समूहले अलग बयान जारी गरेको थियो।

हालै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनका केन्द्रीय सदस्य र विशेष महाधिवेशन नस्विकारेका प्रदेश तथा जिल्ला सभापतिहरूलाई भेलाको लागि बोलाएका छन्। खड्काले जिल्ला सभापतिहरूको भेला चैत १९ गते गर्ने तय गरेका छन्।

प्रकाशित: १६ चैत्र २०८२ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App