पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराइने भएको छ। काठमाडौं जिल्ला अदालतका अनुसार ओलीको स्वास्थ्य अवस्थाका कारण भिडियो कन्फ्रेन्सिङको माध्यमबाट उपस्थित गराउन लागिएको हो।
शनिबार बिहानै गुन्डुबाट पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। शनिबार साँझ र आज बिहान उनको स्वास्थ्य परीक्षण गर्दा डुलाउनुको साटो उनलाई अस्पतालमै राख्न चिकित्सकहरूले सुझाव दिएका थिए।
अहिले काठमाडौं जिल्ला अदालत र जिल्ला प्रहरी परिसर काठमाडौं आसपासका क्षेत्रमा ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। शनिबार नै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ।
प्रकाशित: १५ चैत्र २०८२ १२:४६ आइतबार





