नेपाली कांग्रेस भित्रको आधिकारिकता विवाद टुंगिएपनि पार्टी भित्र मेल हुन सकेको छैन। अदालतले विशेष महाधिवेशनबाट चयन भएको समितिलाई नै आधिकारिकता दिए पनि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आफ्नो रणनीति बनाउने भएको छ । यही रणनीति तय गर्न नेता पूर्णबहादुर खड्काले आफूनिकट नेताहरूलाई छलफलमा बोलाएका छन्।
वैशाख १५ गते बस्ने गरी आफू पक्षीय निवर्तमान केन्द्रीय सदस्यको बैठक बोलाएका खड्काले सर्वोच्चको फैसलापछि अबको रणनीति बनाउने योजना बनाएका छन् ।
यसअघि सर्वोच्चको आदेश आउँदा उनले छलफल गरेरमात्र आफ्नो धारणा सार्वजनिक गर्ने बताएका थिए ।
देउवा समूहको बैठक महाराजगन्जस्थित स्मार्ट होटलमा बस्ने तय भएको छ ।
प्रकाशित: ९ वैशाख २०८३ १८:११ बुधबार





