१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

भारतीय कारबाट ३ लाख मुल्यको अवैध मदिरा बरामद

कपिलवस्तुबाट भारतीय नम्बर प्लेटको कारबाट ३ लाख बढीको अवैध मदिरा बरामद गरिएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ रेन्ज पोस्ट नजिकै भारतीय नम्बर प्लेटेको टोयटा कारबाट उक्त मदिरा बरामद गरिएको हो।

ट्राफिक प्रहरीले चेक जाँचको क्रममा डिएल ४ सि एनई ९४१२ नम्बरको टोयटा कारबाट ३ लाख २ हजार ८ सय मूल्यको रोयल स्टेग तथा सिग्निचर गरी २ सय ३३ बोतल मदिरा बरामद गरेको हो।

सवारी चालकले गाडीको कागज छुटेको र लिन जान्छु भन्दै गएका र पछि फर्किएर नआएका बताइएको छ।

चेकजाँच गर्दा पछाडि सिटको फल्स बट बनाई लुकाई राखेको अवस्थामा मदिरा बरामद भएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।

बरामद मदिरा जिल्ला प्रहरी कार्यालयको परिसरमा गाडेर नष्ट गरिएको छ। ७ लाख मूल्यको गाडी भने सुनौँली भन्सार पठाइने सिंहले बताए। 

प्रकाशित: ३ जेष्ठ २०८३ १९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App