२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

एआई बहसमा देउवा: डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक रहेको बताएका छन्।

आइतबार ‘नेपालको विकासका लागि कृत्रिम बुद्धिमत्ता: एक समग्र दृष्टिकोण’ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, “एक क्लिकमा सेवा प्रवाह सम्भव बनाउने क्षमतासहितको एआई यदि सही ढंगले प्रयोग गरियो भने, यसले विकासको गतिमा अभूतपूर्व तीव्रता ल्याउन सक्छ।”

उनले थपे, “नेपाली कांग्रेस सधैं नवप्रवर्तन, उदार लोकतन्त्र र सुशासनको पक्षमा उभिँदै आएको छ। अब जनतालाई केन्द्रमा राख्दै डिजिटल नेपाल निर्माण गर्नुपर्ने समय आएको छ।”

कांग्रेस प्रविधि विभागकी संयोजक सुशीला मिश्राले कार्यक्रममा पाहुनाहरूलाई स्वागत गर्दै भनिन्, “हामीले तमाम युगहरू पार गरिसकेका छौँ। अब एआई हाम्रो विकास यात्राको सशक्त सहयात्री हुन सक्छ। तर यसका जोखिमहरूलाई समेत ध्यानमा राख्दै रणनीतिक नीति निर्माण अनिवार्य छ।”

एआई एसोसिएसन नेपालका उपाध्यक्ष सुरेश पोखरेलले एआईप्रतिको अज्ञानी भयलाई चिर्दै तथ्यमा आधारित दृष्टिकोण अपनाउन आग्रह गरे। 

प्रकाशित: ११ श्रावण २०८२ १७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App