१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस प्रवेश गरेको केही घण्टामै दीपक मनाङेलाई जिल्ला संगठनको नेतृत्व

नेपाली कांग्रेसको संस्थापन इतर समूहले मनाङ जिल्लाको संगठन सम्हाल्ने जिम्मेवारी राजीव गुरुङ ‘दीपक मनाङे’लाई दिएको छ।

मनाङेले आफूलाई कांग्रेसको संस्थापन इतर समूहको मनाङ जिल्ला संयोजकको जिम्मेवारी दिइएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्। उनका अनुसार उनले संयोजकको जिम्मेवारीसम्बन्धी पत्र कांग्रेस नेता डा. शशांक कोइरालामार्फत प्राप्त गरेका हुन्।

जिम्मेवारी पाएपछि मनाङेले मनाङमा पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कांग्रेसको लोकतान्त्रिक मूल्य, विचार र आदर्शलाई आत्मसात गर्दै संगठनलाई जनमुखी बनाउने बताएका छन्।

मनाङेले आफूलाई दिइएको जिम्मेवारीलाई पदका रूपमा भन्दा पार्टी संगठन, कार्यकर्ता र आम नागरिकप्रतिको जिम्मेवारी तथा विश्वासका रूपमा लिएको उल्लेख गरेका छन्।

उनले इमानदारी, निष्ठा र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहबीच संगठनात्मक गतिविधि तीव्र भइरहेका बेला मनाङेलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो।

प्रकाशित: १३ आश्विन २०८३ १९:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App