४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

पार्टी एकीकरणका लागि नेकपा र जसपाबीच बिहीबार निर्णायक वार्ता हुने

नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीबीच पार्टीसम्बन्धमा बुधबार पनि वार्ता भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको वार्ता सकारात्मक रहेको नेताहरूले बताएका छन्।  

नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाका अनुसार, वार्ता सकारात्मक दिशामा अघि बढेको र छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सहमति भएको छ ।  

वार्तामा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट देव गुरुङ, बेदुराम भुसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल तथा जसपाको तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङ्गवा र पर्शुराम बस्नेत सहभागी थिए।  

बिहीबार फेरि वार्ता हुने र उक्त वार्ताले एकीकरणका लागि ठोस सहमति गर्ने ज्वालाको भनाइ छ। 

प्रकाशित: ३ मंसिर २०८२ १९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App