आइसिसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले पहिलो जित दर्ता गरेको छ । संयुक्त अरब इमिरेटस (यूएई)लाई ५ विकेटले पराजित गर्दै अफगास्तिानले सुपर ८ को सम्भावना कायमै राखेको हो ।
समान जित र हारसहित अफगानिस्तान र यूएईको समान २ अंक छ । समूह चरणको आफ्नो अन्तिम खेलमा न्युजिल्यान्ड क्यानाडासँग पराजित भएको अवस्था तथा अफगानिस्तानले क्यानाडा र यूएईले साउथ अफ्रिकालाई हराए दुवैको सुपर ८ को सम्भावना रहनेछ । तर न्युजल्यान्ड विजयी भए दुवै समूह चरणमै रोकिनेछन् । साउथ अफ्रिकाले भने यसअघिका तीनै खेलमा जित निकाल्दै सुपर एटमा स्थान बनाइसकेको छ ।
सोमबार यूएईले दिएको १६१ रनको लक्ष्य पछाएको अफगास्तिानले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। अफगास्तिानका ओपनर इब्रहिम जद्रन ५३ रन र अज्मतुल्लाह ओमरजाई ४० रनमा नटआउट रहे ।
युएईका लागि जुनइद सिद्धिकी र मुहुम्मद अर्फनले समान २ विकेट लिए।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६० रन बनाएको थियो। यूएईका लागि शोएब खानले सर्वाधिक ६८ रन बनाए। अलिशान सराफुको नाममा ४० रन रह्यो ।
अफगास्तिानका लागि अज्मतुल्लाह उमरजाईले ४ विकेट लिए।
प्रकाशित: ४ फाल्गुन २०८२ १५:३५ सोमबार





