१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

विश्वप्रकाश शर्माको दाबीः आसन, भाषण र शासनमा सुधार गर्छौं

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले देशको आसन, भाषण र शासनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचन प्रचार अभियानको पहिलो दिन लमजुङमा आयोजित खुला सभालाई सम्बोधन गर्दै उनले सत्तामा लामो समयसम्म एउटै व्यक्ति बसिरहने परम्पराको अन्त्य गरिने बताए ।  

उनले प्रधानमन्त्री र मुख्यमन्त्री पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था संविधानमै सुनिश्चित गर्ने प्रस्ताव अघि सार्दै भने, “अब कुनै पनि व्यक्ति निरन्तर सत्तामा आसन जमाउने अवस्था अन्त्य हुन्छ ।”  

शर्माले चुनावी प्रतिस्पर्धामा गालीगलौजभन्दा प्रेम र सम्मानको राजनीति आवश्यक रहेको उल्लेख गरे । स्वस्थ आलोचना स्वाभाविक भए पनि एकअर्कालाई होच्याएर राजनीति सुधार गर्न नसकिने बताउँदै उपसचापति शर्माले चुनाव जित्ने नाममा असम्भव आश्वासन बाँडेर जनतामा भोलि निराशा सिर्जना नगर्न पनि आग्रह गरे ।  

देशको शासन प्रणालीमा आवश्यक सुधारका विषयमा पार्टीले गम्भीर अध्ययन गरेको उल्लेख गर्दै उनले नयाँ पुस्ताको परिवर्तन चाहनालाई सम्बोधन गर्दै समग्र सुधार र परिमार्जन सम्भव बनाउने दाबी गरे ।  

कार्यक्रममा कांग्रेस जिल्ला कार्यालय भवन उद्घाटन तथा विपी कोइरालाको सालिक अनावरण गरिएको थियो।

प्रकाशित: ४ फाल्गुन २०८२ १५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App