राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा निर्वाचन क्षेत्र नम्बर-५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत रहेको झापा-५ मा रास्वपाको संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका खनालले पार्टी परित्याग गरी एमाले रोजेका हुन्।
नवप्रवेशी खनाललाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा विधिवत् रूपमा स्वागत गरे।
प्रकाशित: ४ फाल्गुन २०८२ १५:५२ सोमबार





