२५ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

एमालेमै फर्किए डीबी कार्की

नेकपा पोलिटब्युरो सदस्य डि.बी. कार्कीसहित ६ जना नेकपा (एमाले) प्रवेश गरेका छन्। उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले पार्टीमा स्वागत गरेका छन्।

एमाले प्रवेश गर्नेहरूमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेकपा पोलिटब्युरो सदस्य कार्कीसहित केन्द्रीय सदस्यहरू राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) रहेका छन्।

अध्यक्ष ओलीले नवप्रवेशी नेताहरूलाई पार्टीमा स्वागत गर्दै संगठनलाई थप सुदृढ बनाउन उनीहरूको अनुभव र योगदान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।  स्वागत कार्यक्रममा अध्यक्ष ओलीले देशलाई समृद्ध र सबल बनाउन पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। एमाले देश निर्माणको लक्ष्यका साथ स्थापित भएको पार्टी भएकाले कुनै पनि परिस्थितिमा कमजोर नहुने दाबी गर्दै उनले एमाले समाप्त हुने पार्टी नभई निरन्तर अघि बढ्ने र देश निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने शक्ति भएको उल्लेख गरे।  

कार्की बामदेव गौतमनिकट मानिन्छन्। गौतमले एमाले छाड्दा उनीहरु पनि सँगै गएका थिए। बामदेव नेकपामा प्रवेश गर्दा उनको समूह पनि पार्टी प्रवेश गरेको थियो । 

प्रकाशित: २५ असार २०८३ १५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App