नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। उनलाई निमोनियाको समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
आइतबार दाहाललाई भेट्न पुगेका नेकपाका नेता रामप्रसाद सापकोटा (दीपशिखा) ले उनको स्वास्थ्यमा सुधार आएको बताए। उनका अनुसार दाहाल अहिले सामान्य अवस्थामा छन् र सोमबारसम्म अस्पतालबाट डिस्चार्ज हुने सम्भावना रहेको छ।
‘स्वास्थ्य अवस्था सुधारोन्मुख छ। हल्का निमोनियाको उपचार चलिरहेको छ। भोलिसम्म अस्पतालमै बसेर डिस्चार्ज हुनुहुन्छ। बाहिर चर्चा भएजस्तो गम्भीर अवस्था छैन,’ दीपशिखाले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रकाशित: १७ जेष्ठ २०८३ १२:५१ आइतबार





-600x400.jpg)