८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

दाहालको दाबीः सरकारले जहाँ टेक्छ त्यही भ्रष्टाचार छ, सडकबाट ढाल्नुपर्ने हुनसक्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन्। बिहीबार ललितपुरमा वाइसियलद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।  

‘अहिलेको सरकार जहाँ टेक्छ त्यहीँ भ्रष्टाचारबाहेक केही पनि छैन। तपाईँहामीले देखिराखेका छौँ,’ दाहालले भने, ‘सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपले देशलाई असफल बनाउने दिशातर्फ अगाडि बढेको छ।’  

आफूले खबरदारी र सावधानी गर्दागर्दै सरकार भ्रष्टाचारमा लिप्त भइरहे सडकमा आउनुपर्ने अवस्था रहेको पनि उनले बताए। ‘सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने, यसरी नै जनभावना विपरीत गयो भने हामीले छिट्टै सडकबाट नै यो सरकारको प्रतिवाद गर्ने दिन आउँछ,’ दाहालले भने। त्यसका लागि पनि तयार रहन कार्यकर्तालाई उनले आह्वान गरे।  

माओवादी कार्यकर्तालाई उने जनतासँग राम्रो सम्बन्ध बनाएर श्रम र उत्पादनमा आफ्नो संगठन जोडेर सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्न निर्देशन गरे।  

प्रकाशित: १ श्रावण २०८२ १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App