उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको निलम्बन यथावत् राखेको छ। पाण्डेले आफ्नो निलम्बनविरुद्ध दिएको रिट निवेदनमाथि बुधबार सुनुवाइ गर्दै यस्तो उच्च अदालतको इजलासले उनको निवेदन खारेज गरिदिएको छ।
बुधबार न्यायाधीशहरू डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेको रिट निवेदन सुनुवाइ भएको थियो। जसमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरेको निलम्बनको निर्णयलाई सदर भएको हो।
पाण्डेले प्रमुख प्रशासकीय अधिकृत गुरागार्ईँलाई कार्यालय प्रवेशमा अवरोध गरेपछि पदीय मर्यादा विपरीत कार्य गरेको भनी निलम्बन गर्ने निर्णय गरेका थिए। सो निलम्बनविरुद्ध पाण्डे रिट लिएर उच्च अदालत पाटन गएका थिए। जसमा प्रारम्भिक सुनुवाइले अन्तरिम आदेश जारी भएर उनी हाजिर भएका थिए।
तर अन्तिम सुनुवाइका क्रममा इजलासले उनको रिट निवेदन खारेज गरिदिएपछि निलम्बन यथावत् रहने भएको छ।
प्रकाशित: १२ कार्तिक २०८२ १९:०१ बुधबार




-600x400.jpg)
