पक्राउ परेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंले ओलीको उचित व्यवस्थापन गर्न सुझाएको हो । आज जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँचदिन म्याद थपको अनुमति दिँदै प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न पनि आदेश दिएको हो ।
न्यायाधीश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने समेत निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत यो आदेश गरिदिएको छ।’
पक्राउलगत्तै अस्पताल भर्ना भएका ओली स्वास्थका कारण आइसोलेनमा छन् । उनी बिरामी भएका कारण इजलासमा भर्चुअल रुपमा उपस्थित भएका थिए ।
ओलीलाई हिजो बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो ।
प्रकाशित: १५ चैत्र २०८२ १८:३८ आइतबार





