१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

मतदानका क्रममा मतपेटिका फ्याँकेपछि सुनसरी कांग्रेसमा विवाद

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. ४ को चुनावी प्रक्रियामा दुई पक्षबीच विवाद भएको छ। कोशी गाउँपालिकाको लौकही सिटी हलमा भइरहेको निर्वाचनमा क्षेत्रीय सभापतिका उम्मेदवार गफार अन्सारी र अर्का उम्मेदवार मनोज साह पक्षबीच विवाद भएको हो।

विवादका क्रममा मनोज पक्षका वर्तमान क्षेत्रीय सभापति तथा कोशी गाउँपालिका अध्यक्ष ऐयूव अन्सारीले मतपेटिका फ्याँकिदिएपछि अवस्था थप अशान्त बनेको थियो। अहिले मनोज पक्षले नाराबाजी गरिरहेको छ भने गफार पक्षले मतदान गरिरहेको छ।  

स्थिति सहज भएपछि निर्वाचन प्रक्रिया अगाडि बढेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यहाँ क्षेत्रीय सभापतिका उम्मेदवार गफार र अर्का उम्मेदवार मनोजका पक्षमा लागेका ऐयूव आफन्त नातेदार हुन्। तर, निर्वाचनमा गफारलाई हराउन मनोजलाई उम्मेदवार बनाएसँगै दुई पक्षबीच विवाद भएको हो।

प्रकाशित: १३ आश्विन २०८३ १८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App