१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

मोरङ क्षेत्र नं १ को अधिवेशनमा विवाद, नेता कार्यकर्तावीच धकेलाधकेल

नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ को अधिवेशनमा विवाद उत्पन्न भएको छ । अधिवेशनमा सर्वसम्ममत रुपमा पदाधिकारी तथा प्रतिनिधि चयन भएको भन्दै नामावली सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको हो ।

सर्वसम्मत रुपमा पदाधिकारी तथा प्रतिनिधिहरू छनोट भएको भन्दै नामावली पढेर सुनाएलगत्तै क्षेत्रीय सभापतिका आकांक्षी देवराज चाम्लीङले बोल्न खोज्दा नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले रोकेका थिए । लिम्बूले पछि बोल्नु भन्दै रोकेपछि चाम्लीङलगायतसँग विवाद भएको थियो ।  

विवादका क्रममा धकेलाधकेलसमेत भएको थियो। मोरङको लेटाङस्थित जनसेवा सामुदायिक वनको भवनमा आयोजित अधिवेशनमा विवाद बढ्दै गएपछि उपस्थित अन्य कार्यकर्ताहरूले हस्तक्षेप गरी दुबै पक्षलाई छुट्याएका थिए ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले वडा, पालिका, नगर र क्षेत्रीय अधिवेशनहरू भइरहेका छन् । तर, नेतृत्व चयनका क्रममा विभिन्न स्थानमा विवाद र झडपका घटनासमेत सार्वजनिक भइरहेका छन् । लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्नुपर्ने अधिवेशनमै देखिएका यस्ता विवादले कांग्रेसको आन्तरिक निर्वाचन प्रक्रियामाथि कार्यकर्ताहरू सन्तुष्ट नरहेको देखिएको छ । 

प्रकाशित: १३ आश्विन २०८३ १८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App