२४ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

चितवनमा मनाइयो संविधान दिवस

 शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ। संविधान दिवस मूल समारोह समिति चितवनले आज यहाँ दुई जोडी परेवा उडाएर संविधान दिवस मनाएको हो।

मुलुकमा शान्तिको कामना गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रूपमा परेवा उडाए। कार्यक्रममा जिल्लाका सरकारी कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख एबं उपप्रमुखहरु, राजनीतिक दलका नेताहरूको सहभागिता थियो।

त्यस अवसरमा कार्यालय परिसरमा वृक्षारोपण, झन्डोत्तोलनलगायतका कार्यक्रमहरू राखिएको थियो। जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले संविधानको निरन्तरता र पालनाका लागि सबै लाग्नुपर्नेमा जोड दिए। 

प्रकाशित: ३ आश्विन २०८२ ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App