नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ।
गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् आज पहिलो पटक भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बसेको हो।
उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसिरहेको बैठकमा पार्टीका पदाधिकारीसहितका नेताहरू सहभागी छन्। बैठकमा पदाधिकारीहरूले पछिल्लो विकसित घटनाक्रम, जनजीविका र राजनीतिक विषयमा आधारित रहेर धारणा राख्ने क्रम जारी छ।
प्रकाशित: ३ आश्विन २०८२ १२:३९ शुक्रबार





