१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जनतासँग माफी मागेर कांग्रेस एकताबद्ध बन्छौँ : कार्यवाहक सभापति खड्का

फाइल तस्बिर

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस जनतामा नयाँ रूपमा प्रस्तुत हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो बारेमा भएका सबै प्रकारका टिप्पणीहरूलाई सम्मान गर्दै ती नै आफ्नो शक्ति र मार्गदर्शन भएको बताए।

कार्यवाहक सभापति खड्काले इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय लिन केही समय ढिला भएको स्वीकार गरेका छन्। ‘हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टी एकताबद्ध राखेर प्रतिकूल समयको सामना गर्नु उत्तम ठानियो’ उनले लेखेका छन्।

उनले विगतका गल्ती-कमजोरी स्वीकार गरेर नेपाली जनतासँग माफी माग्दै फेरि एक पटक कांग्रेसले नै समाधानको नेतृत्व लिन सक्ने गरी उपयुक्त निर्णय गर्न समय लागेको स्पष्ट पारेका छन्।

‘साथीहरू सबैले एकताबद्ध भएर यो महत्त्वपूर्ण मर्म बुझिदिएर धैर्यता राखिदिनुहुनेछ भन्ने विश्वास छ’ खड्काले सबैमा अपिल गरेका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक निरन्तर स्थगित हुँदै आइरहेको बेला उनको यस्तो बयान आएको हो। आजका लागि बोलाइएको बैठक सोमबार दिउँसो २ बजे बस्नेगरि स्थगित भएको छ।

उनले लेखेका छन्
सबैमा जय नेपाल 
मेरो बारेमा सार्वजनिक रूपमा यहाँहरूले गर्नुभएको जस्तो सुकै टिप्पणीहरूलाई मेरो सदा सम्मान छ र रहने छ। यिनै टिप्पणीहरू नै मेरा लागि शक्ति र मार्गदर्शन हुन्छन्। इतिहासमै देश र पार्टी माथि देखिएको प्रतिकुल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि हतारमा निर्णय गरेर पछि पछुताउनु भन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकुल समयको पदचापलाई सामना गर्न, हाम्रा विगतका गल्ती-कमजाेरि स्विकारी नेपाली जनता सँग माफी मागेर-विगतमा जस्तै समाधानको नेतृत्व फेरि एक पटक काँग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ। साथीहरू सबैले एकताबद्ध भएर यो महत्त्वपूर्ण मर्मलाई  बुझिदिई धैर्यता राखिदिन हाम्रो विशेष अनुरोध छ। 

प्रकाशित: २९ कार्तिक २०८२ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App