२८ वैशाख २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसले सातै प्रदेशमा प्रशिक्षण चलाउने

मधु आचार्य बने केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको उपप्रमुख

नेपाली कांग्रेसको ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ को पहिलो बैठकले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानका प्रमुख तथा उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गर्दै मिति र स्थानसमेत तय गरेको कांग्रेसका कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।  

दुलालका अनुसार सातै प्रदेशमा हुने प्रशिक्षण कार्यक्रम आगामी वैशाख २६ गतेदेखि जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।  

यस्तो छ प्रशिक्षण कार्यतालिका

सुदूरपश्चिम प्रदेश: २०८३ वैशाख २६–२७ (धनगढी, कैलाली)

कर्णाली प्रदेश: २०८३ वैशाख २८–२९ (लेकवेसी, सुर्खेत)

गण्डकी प्रदेश: २०८३ वैशाख ३१ र जेठ १ (पोखरा, कास्की)

बागमती प्रदेश: २०८३ जेठ ४–५ (धुलिखेल, काभ्रेपलाञ्चोक)

मधेस प्रदेश: २०८३ जेठ ६–७ (बर्दिबास, महोत्तरी)

कोशी प्रदेश: २०८३ जेठ ८–९ (लौकी, सुनसरी)

लुम्बिनी प्रदेश: २०८३ जेठ १४–१५ (तिलोत्तमा, रुपन्देही)

यसैबीच बैठकले प्रतिष्ठानको रिक्त उपप्रमुख पदमा मधु आचार्यलाई चयन गर्ने निर्णय पनि गरेको छ। प्रमुख शर्माले गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। दुलालले प्रेस विज्ञप्तिमार्फत दिएका छन्।

प्रकाशित: २३ वैशाख २०८३ १८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App