नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए)का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो। यसअघिको खम्बबहादुर खाँतीको नेतृत्वमा रहेको निर्वाचन समिति भंग गरेर केसीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको हो।
समितिको सदस्यहरूमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन्।
भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र जारी छ।
प्रकाशित: २९ पुस २०८२ १०:४७ मंगलबार





