प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर जिल्लाको क्षेत्र नम्बर १ मा प्रारम्भिक मतगणनामा उदयशम्शेर राणाको अग्रता कायमै छ। हालसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसका उदयशमशेर राणाले ३ हजार ४३९ मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले २ हजार ३८ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चेतनाथ सञ्जेलले १ हजार ८७३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका सुनिल महर्जनले ३२७ मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ११:३० शुक्रबार





