दाङ–२ मा रास्वपाका विपिन कुमार आचार्य निर्वाचित भएका छन्।
आचार्य ४३ हजार ५ सय ५७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
उनका निकटम प्रतिष्पर्धी एमालेका शंकर पोखरेलले १५ हजार २ सय ८२ मत प्राप्त गरे। पोखरेलको यो लगातार दोस्रो हार हो।
काङ्ग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २ सय ७७ मत प्राप्त गर्दा नेकपाका निर्मल आचार्यले ७ हजार ८० मत प्राप्त गरे ।
दाङका १ र ३ नम्बर क्षेत्रमा पनि रास्वपा जीत नजिक छ ।
प्रकाशित: २३ फाल्गुन २०८२ १३:५९ शनिबार





