नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले जारी छ । जेन-जी आन्दोलनका क्रममा जलाइएको ललितपुरको सानेपास्थित पार्टी मुख्यालय मर्मतपछि बैठक बसेको हो ।
सोही आन्दोलनका क्रममा घाइते भएका सभापति शेरबहादुर देउवा भने बैठकमा उपस्थित छैनन् । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको बैठकमा समसामयिक घटनाक्रम, जेन-जी आन्दोलन र सोपछिको परिस्थिति, फागुन २१ गतेको निर्वाचन लगायत विषयमा छलफल गर्ने एजेन्डा छ ।
बैठकमा सहभागी एक नेताका अनुसार, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सञ्चालन गरिरहेको देशव्यापी हस्ताक्षर अभियानबारे पनि बैठकमा विशेष कुराकानी हुनेछ ।
प्रकाशित: २३ आश्विन २०८२ १४:३१ बिहीबार





-600x400.jpg)