३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस सांसदको आक्रोश: केको प्रतिशोध ? सहकारी ठग्न ठुला दलले भनेका थिए र ?

नेपाली कांग्रेसकी सांसद शान्ति विकले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘पुरानो दलले राजनीतिक प्रतिशोध साध्यो भन्ने भनाईलाई ब्रान्डिङ गर्न खोजेको दाबी गरेकी छन्। बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद विकले यस्तो बताएका हुन्। 

‘कांग्रेसले रास्वपासँग राजनीतिक प्रतिशोध साँध्नुपर्ने के छ?’, उनले प्रश्न गरिन्। नेपालको राजनीतिक परिवर्तनमा रास्वपाको कुनै पनि योगदान नरहेको पनि उनले बताइन्। ‘जनताको सहानुभूति बटुल्ने रणनैतिक काइते खेल नखेल्न भन्न चाहेँ,’ उनले अगाडि भनिन्। कांग्रेसले गरेका संघर्ष २००७, २०३६, २०४६ र २०६२/०६३ का कुनै पनि मोडमा रास्वपासँग प्रतिस्पर्धा नभएको उल्लेख गर्दै उनले प्रतिशोध साध्नुपर्ने कुनै जरुरत नभएको पनि दाबी गरिन्। 

‘आर्थिक हिनामिनालाई राजनीतिक प्रतिशोध भनेर मोडिदिन मिल्छ?’ उनले भनिन्।  कांग्रेस सभापति शेरबहादुर देउवा चार पुस्तासँगै पार्टी हाँकिरहेको दाबी गर्दै उनले कुन पुस्तासँग बहस गर्ने हो? भन्दै प्रश्न गरिन्। 

सांसद विकले रास्वपा सभापति रवि लामिछाने निर्वाचित चितवन२ पनि सहकारी पीडित भएको दाबी गरिन्। ‘चितवन क्षेत्र नम्बर २ पनि सहकारी पीडित भएको छ,’ उनले भनिन्, ‘त्यो क्षेत्रमा न त उहाँको कुनै मेहनत छ, नत माया। भिजिट भिसामा अमेरिका गएर आफ्नो नागरिकता त्याग्न सक्नेलाई अन्य कुरा गौण हुन्।’ 

चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामा गएको रकम ११ करोड ११ लाख १६ हजार ४७० रुपैयाँ रवि लामिछाने र निकिता पौडेलको नामबाट १३ लाख ग्लोबल आइएमई बैंकको खातामा ऋण तिरेको देखिएको उनले बताइन्। 

‘प्रतिशोध ठुला दलले रास्वपासँग ग¥यो त?,’ उनले प्रश्न गरिन्, ‘कि रास्वपाले हामीसँग गरेको छ। सहकारीको रकम अपचलन गर त ठुला दलले भनेन होला?’

प्रकाशित: १८ भाद्र २०८२ १५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App