२७ वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका खड्का निर्विरोध

सार्वजनिक लेखा समिति सभापतिमा नेपाली कांग्रेसका सांसद भरत खड्का निर्विरोध भएका छन् ।

उम्मेदवारी मनोनयन दर्ताका लागि संघीय संसद् सचिवालयले तोकेको समयमा खड्का एक्लैको उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । उनको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी बसेका थिए ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको थियो । अरु दलहरुले पनि उनलाई नै समर्थन गरेपछि खड्काको एकल उम्मेदवारी परेको थियो ।

फागुन २१ गतेको निर्वाचनमा खड्का १४ हजार  ८ सय ९७ मत ल्याएर डोटीबाट निर्वाचित भएका थिए ।

प्रकाशित: ४ वैशाख २०८३ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App