नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले संस्थापन इतर समूहलाई छलफलको लागि आह्वान गरेका छन्। आज इतर समूहले छुट्टै भेला गरेपछि उनले सामाजिक संजालमा पार्टीलाई एक बनाउन खुला संवाद गर्नुपर्ने बताएका हुन्।
लोकतान्त्रिक अभ्यासमा विचार र दृष्टिकोणमा भिन्नता स्वाभाविक हुने भए पनि त्यसलाई विभाजनको आधार बनाउनु उचित नहुने उनको धारणा छ।
'देशले चुनौतीपूर्ण मोडहरू पार गर्दै आएको प्रत्येक समयमा नेपाली कांग्रेस एकता, संयम र प्रतिबद्धताका साथ अघि बढ्दै आएको गौरवपूर्ण इतिहास हामीसँग छ।,' उनले लेखेका छन्, 'लोकतान्त्रिक अभ्यासमा विचार र दृष्टिकोणमा फरकपन स्वाभाविक हो, तर त्यसलाई विभाजनको आधार बनाउनु हाम्रो संस्कार होइन। एक जिम्मेवार कार्यकर्ताको हैसियतले म सम्पूर्ण साथीहरूलाई विनम्र आग्रह गर्दछु, खुला संवाद गरौँ, आपसी विश्वासलाई अझ सुदृढ बनाऔँ, र पुनः एकताबद्ध भएर अघि बढौँ। हाम्रो एकताले मात्र जनताको भरोसालाई सुदृढ बनाउँदै देश र हाम्रो भविष्यलाई सुरक्षित र सही दिशातर्फ अघि बढाउँछ।'
प्रकाशित: १७ चैत्र २०८२ १८:४९ मंगलबार





