१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस लोकतान्त्रिक चेतना र स्वतन्त्रताको अभिव्यक्ति हो : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस एउटा राजनीतिक दल मात्रै नभई नेपालको लोकतान्त्रिक चेतना, स्वतन्त्रताको संघर्ष र जनताको अधिकारका लागि भएको लामो यात्राको राजनीतिक अभिव्यक्ति भएको बताएका छन्। 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पौडेलले पार्टीको इतिहास त्याग, बलिदान र संघर्षले बनेको बताए।  

उनले कांग्रेसको यात्रामा हजारौँ नेता तथा कार्यकर्ताले आफ्नो जवानी जेलनेलमा बिताएको, परिवार र सम्पत्तिको परवाह नगरी जीवन समर्पित गरेको बताए। 

पौडेलले कांग्रेसका प्रत्येक सदस्य त्यही त्याग र बलिदानको विरासत बोकेका सन्तान भएको उल्लेख गर्दै आपसी विवादमा फसेर पार्टीलाई कमजोर बनाउन नहुने बताए। 

‘यो विरासतलाई हामी आपसी विवादमा फसेर कमजोर हुन दिने छैनौँ। यसलाई अझ बलियो बनाएर अर्को पुस्तालाई हस्तान्तरण गर्नेछौँ,’ उनले भने।  

प्रकाशित: १८ आश्विन २०८३ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App