२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री सदनबाट बाहिरिनुको जवाफ माग्यो कांग्रेसले

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिरहदाँ प्रधानमन्त्री वालेन्द्र साह बैठकबाट बाहिरिएको  विषयमा जवाफ माग गरेको छ। 

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै कांग्रेसका सांसदहरू उभिएपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका प्रमुख सचेतक वासना थापालाई बोल्न समय दिएका थिए। 

प्रमुख सचेतक थापाले भने ,‘राष्ट्रपतिज्यूबाट सम्बोधन भइरहेको समयमा प्रधानमन्त्री शाह सदनबाट बाहिरिनु सामान्य विषय नभई गम्भीर विषय हो, यसबारेमा सरकारका तर्फबाट स्पष्ट जवाफ चाहियो।’  

साथै उनले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष २०८३÷८४ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।  

प्रकाशित: २९ वैशाख २०८३ १४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App