२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

पत्रकार प्रिमेश सिवाकोटीको निधन

रौतहटको पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार नेपाल प्रेस युनियन रौतहट शाखाका अध्यक्ष प्रिमेश सिवाकोटीको सोमबार बिहान असामयिक निधन भएको छ।

चन्द्रपुर नगरपालिकास्थित आफ्नै पैत्रिक निवासमा उनको निधन भएको हो। पछिल्लो केही समयदेखि स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका सिवाकोटीको मिर्गौला, कलेजो, फोक्सोलगायत शरीरका महत्वपूर्ण अंगहरूले काम गर्न छाडेपछि उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

सिवाकोटीको निधनसँगै रौतहटको पत्रकारिता क्षेत्रले एक सक्रिय, निर्भीक, इमानदार तथा कर्तव्यनिष्ठ पत्रकार गुमाएको छ। समाचार संकलनदेखि जनसरोकारका विषयलाई निर्भीक रूपमा उठान गर्ने पत्रकारका रूपमा उनले आफूलाई स्थापित गरेका थिए। पत्रकारिता प्रतिको समर्पण, सत्यप्रतिको प्रतिबद्धता र सहकर्मीहरूसँगको आत्मीय व्यवहारका कारण उनी सबैमाझ लोकप्रिय बनेका थिए।

उनको निधनको खबर सार्वजनिक भएसँगै रौतहटका सञ्चारकर्मी, राजनीतिक दल, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै धेरैले सिवाकोटीलाई मिलनसार, सहयोगी र सत्यको पक्षमा निडर भएर कलम चलाउने पत्रकारका रूपमा स्मरण गरेका छन्।

प्रकाशित: २९ असार २०८३ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App