२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसका निर्णयः देउवामाथि आक्रमणको निन्दादेखि संसद् विघटनको विरोधसम्म(पूर्णपाठ)

जेन–जी आन्दोलनपछि भौतिक उपस्थितिमा नेपाली कांग्रेसको कार्यसम्पादन समितिको पहिलो बैठक शुक्रबार बसेको छ। आगजनी र तोडफोडबाट खण्डहर बनेको ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बसेको हो।  

जेन–जी आन्दोलनकै क्रममा प्रदर्शनकारीको सांघातिक आक्रमणबाट गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गरेका थिए।  

बैठकमा सभापति देउवा दम्पत्तिको स्वास्थ्य अवस्थादेखि पार्टीको पुनर्गठनसम्मका विषय उठेका थिए। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवाको विकल्प खोजेर जानुपर्ने विषयमा दुई बुँदे प्रस्ताव नै राखेका थिए। तर, सभापति देउवा स्वास्थ्य अवस्थाकै कारण उपस्थित नभएका बेला त्यसमा छलफल हुन नसक्ने भन्दै त्यो विषयको छलफल अघि बढ्न पाएन्।  

बाँकी जेन–जी आन्दोलनको क्षति, संसद् विघटन, कांग्रेसका नेतामाथिको आक्रमण लगायतका विषयमा छलफल भएको थियो। बैठकपछि कांग्रेसले पाँच बुँदे निर्णय पनि गरेको छ।  

यस्ता छन्, कांग्रेसका निर्णय  

प्रकाशित: ३ आश्विन २०८२ २०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App