२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन समितिकाे निर्देशन

प्रतिनिधिसभा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले कार्यप्रगतिको विवरण उपलब्ध गराउन पत्राचार गर्ने समेत निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकपछि सभापति ठाकुरप्रसाद गैरेले समितिले यही साउन १२ गते क्रिकेट मैदान अवलोकन गरेपछिको प्रगति उपलब्ध गराउन निर्देशन दिएका हुन् । अहिले मैदान स्तरोन्नति, प्यारापिट, फ्लडलाइट जडानलगायत काम भइरहहेको सभापति गैरेले बताए। 

समितिले यही गत साउन १२ गते क्रिकेट मैदानको अवलोकन गरेको थियो । त्यसपछिको समयमा भएको कार्यप्रगतिबारे समितिलाई जानकारी गराउन उनले निर्देशन दिए। 

प्रकाशित: २३ श्रावण २०८२ १४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App