२९ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

जेन-जीको चाहनाअनुसार एमाले बनाउन ३२ विभागको प्रतिबद्धता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ३२ वटा केन्द्रीय विभागले पार्टीलाई जेन-जीको चाहनाअनुसार बनाइने प्रतिबद्धता गरेका छन्।

पार्टीका ३२ केन्द्रीय विभागका सचिवको आज भर्चुअल बैठकपछि सार्वजनिक गरिएको अपिलमा पार्टीलाई जेन-जीको चाहनाअनुसार बनाउँदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध व्यक्त गरिएको छ। ‘एमालेलाई हालको जेन-जीको चाहनाअनुसारको पार्टी बनाउँदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध छौँ’, अपिलमा भनिएको छ।

विभागले जेन-जीको भावनाअनुसार वर्तमान संविधानको मर्म र परिधिभित्र रहेर तत्काल राष्ट्रिय सरकार गठन गरी वर्तमान राजनीतिक अन्योलताको अन्त्य गर्न माग गरेको एमाले संगठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए।

उनले चाँडै राजनीतिक निकासका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सबै कामको अग्रसरता र नेतृत्वको लागि विशेष अनुरोध गरिएको बताए। जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएकाको निःशुल्क स्वास्थ्य उपचारको माग गरिएको छ। रासस

प्रकाशित: २७ भाद्र २०८२ १८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App