६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आह्वान, कार्तिक मसान्तसम्म अन्तिम म्याद

निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि सबैमा आह्वान गरेको छ।

आयोगले बुधबार एक सूचना प्रकाशित गरी अनलाइन माध्यमबाट फाराम भरेर नामावलीमा नाम समावेश गर्न सकिने व्यवस्था गरेको हो।

आयोगका अनुसार, मतदाता नामावलीमा नाम दर्ता गर्न चाहने योग्य नागरिकले पहिले आयोगको वेबसाइट https://applyvr.election.gov.np/ मा गएर अनलाइन फाराम भर्नुपर्नेछ।

अनलाइन फाराम भरिसकेपछि जुनसुकै जिल्लाको निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन र बायोमेट्रिक विवरण (औँठा छाप) प्रदान गर्न सकिनेछ।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका लागि आयोगले निश्चित स्थान तोकेको छ। यी कार्यालयहरूमा गएर फोटो खिचाउने र बायोमेट्रिक विवरण बुझाउन सकिने आयोगले जनाएको छ।

आयोगले तोकिएको समयभित्र आफ्नो नाम दर्ता गरी मताधिकार सुनिश्चित गर्न सम्पूर्ण योग्य नागरिकहरूलाई अनुरोध गरेको छ।

May be an image of text that says 'आरील सूचना संवत् २०८२ साल कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि https://applyv.election.gov.np/ बाट अनलाईन फाराम भरी जुनसुके निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। काठमाडौं उपत्यकाभित्र मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, काठमाडौं, जावलाखेल स्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुर र सल्लाधारी सिर्जनानगर स्थित जिल्ला निर्वाचन कार्यालय, भक्तपुरमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिन्छ। निर्वाचन आयोग, नेपाल कাচ্ক आयंत 202ู0'

प्रकाशित: २२ आश्विन २०८२ १७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App