नेकपा एकता अभियानका संयोजक वामदेव गौतम नेकपा (एकीकृत समाजवादी)मा समाहित भएका छन्। हिजो (शुक्रबार) एकता घोषणा सभामा वामदेव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अंकमाल गरेका थिए। अंकमाल गरेको उक्त तस्बिरले सबैको ध्यान खिचेको थियो। सबैले आआफ्नै शैलीमा टिप्पणी समेत गरेका छन्।
सोहो क्रममा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले पनि उक्त तस्बिरलाई लिएर सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले वामवदेव र माधवको अंकमाललाई 'लगनपछिको पोते'को संज्ञा दिँदै टिप्पणी गरेका हुन्।
थापाले वामदेवमा माधवकुमारको आनन्द अर्थ न बर्थको ७७ र ७३ वर्षीय अंकमाल पनि भनेका छन्। उनले लेखेका छन्, ‘वामदेवमा माधवकुमारको आनन्द : अर्थ न बर्थको ७७ र ७३ वर्षीय अंकमाल! ऊर्जा बेगरको अभिनय, २०५४ सालमा यो मतिले काम गरेको भए...? अनि, नि:सर्त रूपमा विभाजनप्रति पश्चात्ताप गर्दै यस्तो गरेको भए ...? लगनपछिको पोते!’
प्रकाशित: ३ श्रावण २०८२ ०७:३२ शनिबार




-600x400.jpg)
