२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
राजनीति

सरकारसँग सम्झौता लगत्तै सिंहदरबारमा जेन-जीहरूबीच खैलाबैला

सरकार र जेन-जी आन्दोलनकारीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर भएको केही क्षणमै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तनावग्रस्त बनेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन सकेर बाहिरिने बित्तिकै जेनजी प्रतिनिधिहरूबीच नै तीव्र विवाद र भनाभन सुरु भएको हो।

प्रधानमन्त्रीको उपस्थितिमा सौहार्दपूर्ण वातावरणमा सम्झौता भएको भनिए पनि उनी हिँड्नासाथ असन्तुष्टि बिस्फोट भएको थियो।

विवादका क्रममा एक युवतीले ‘राष्ट्रपतिसँगको सम्झौता खोइ ?’ भन्दै नेतृत्वकर्ताहरूसँग आक्रोश पोखेकी थिइन्।

विवादकै क्रममा अर्का एक युवा प्रतिनिधिले सीमित व्यक्तिहरूले आन्दोलनलाई ‘हाइज्याक’ गरेर टालटुले सम्झौता गरेको आरोप लगाए।

उनले सडकमा रहेका हजारौं युवाहरूको भावना विपरीत केही अगुवाहरूले हतारमा अपुरो सहमति गरेको भन्दै आपत्ति जनाए।

उपस्थित अन्य केही युवाहरूले पनि आफूहरूलाई यो सम्झौता मान्य नहुने चेतावनी दिएपछि प्रधानमन्त्री कार्यालय परिसरमै होहल्ला मच्चिएको थियो।

एक पक्षले सम्झौताको बचाउ गर्न खोजे पनि असन्तुष्ट पक्षले त्यसलाई अस्वीकार गर्ने अडान लिएपछि जेन‍-जीहरूबीच नै धकेलाधकेलको अवस्था सिर्जना भएको थियो।

केही जेन-जी अगुवाहरूले आक्रोशित युवाहरूलाई शान्त पार्ने र परिस्थितिलाई सम्हाल्ने प्रयास गरिरहेका थिए।

हेर्नुहोस् भिडियो, भिडियो: विजय राई/नागरिक

प्रकाशित: २४ मंसिर २०८२ २१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App