२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

स्वास्थ्य मन्त्रीसँग भेटेर मुख्यमन्त्रीले गरे गेटा विश्वविद्यालयबारे छलफल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसँग भेटवार्ता गरेका छन्। मुख्यमन्त्री शाहले बुधबारले स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन्। 

भेटघाटका क्रममा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, सेती प्रादेशिक अस्पताल, लम्की प्रादेशिक अस्पताललगायत सुदूरपश्चिम प्रदेशका अस्पतालको सञ्चालन र व्यवस्थापनबारे छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा सुदूरपश्चिमका जनताको स्वास्थ्यमा पहुँच पुर्‍याउन, स्वास्थ्य बिमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन र स्वास्थ्य क्षेत्रको विकासका समग्र पक्षबारे छलफल भएको सचिवालयले जनाएको छ। 

प्रकाशित: २१ श्रावण २०८२ १९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App