सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको शान्ति र सुरक्षाबारे छलफल गरेका छन्।
उनले कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसँग भेट गरेका हुन्। दुईबिच शनिबार मुख्यमन्त्री निवासमा भेट भएको सचिवालयले जानकारी गराएको छ। भेटमा सामाजिक विकास मन्त्री मेघराज खड्का पनि उपस्थित थिए।
छलफलमा कैलालीको शान्ति, सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको सचिवालयले जानकारी गराएको छ।
प्रकाशित: ३१ श्रावण २०८२ ११:४२ शनिबार





