१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रिय एकता बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताएका छन्।  

नेपाल संवत् ११४६ नयाँ वर्षको आरम्भका अवसरमा आज शुभकामना दिँदै अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली हाम्रो शक्ति हो भन्दै विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलौँ र सद्भावको सुगन्ध फैलाउन आग्रह गरेका छन्।  

‘राष्ट्रमाथि खडा गरिएको चुनौतीको सामना गरौँ। सबैलाई सुख, शान्ति, समृद्धि र प्रगतिको कामना, नेपाल संवत् ११४६ को हार्दिक शुभकामना’, उनको सन्देशमा उल्लेख छ।

प्रकाशित: ५ कार्तिक २०८२ १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App