सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ। गृह मन्त्रालयले छविलाल रिजाललाई काठमाडौंको नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ।
मन्त्रालयको निर्णयअनुसार हालका प्रमुख जिल्ला अधिकारी ऋषिरम तिवारीलाई गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा गरिएको छ।
प्रकाशित: ४ भाद्र २०८२ २०:५३ बुधबार





