२४ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

दशैंमा गाडी भाडा बढ्दैनः मन्त्री देवेन्द्र दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी दशैंमा सवारी साधनको भाडा नबढ्ने बताएका छन् । 

आइतबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा आफ्नो धारणा राख्नै मन्त्री दाहालले यो वर्षको चाडपर्वमा सवारीको भाडा दर बढाउने बारे कुनै तयारी नभएको स्पष्ट पारेका हुन् ।  

समिति सदस्यहरुको जिज्ञासामा उनले भने ‘भाडा बढ्ला कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन ।’  

चाडपर्वलाई लक्षित गरेर सडकलाई चुस्तदुरुस्त राख्न मन्त्रालय तयारी अवस्थामा रहेको बताउँदै मन्त्री दाहालले यातायात सहज बनाउनेबारे योजना तयार गरेको जानकारी दिए । बाढीपहिरोले क्षति पुर्याएका सडकको मर्मत गरेर चाडपर्व अगाडी नै यात्रा सहज बनाउने विषयमा सरकार गम्भीर रहेको उनको भनाइ थियो । 

प्रकाशित: १ भाद्र २०८२ १८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App