मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रम र सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकहरूका लागि विशेष सुरक्षा एड्भाइजरी जारी गरेको छ।
दूतावासले इजरायलमा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरूलाई उच्च सतर्कता अपनाउन र पूर्वसावधानीका उपायहरू अपनाउन अपिल गरेको छ।
यस्ता छन् उपायहरु :
इजरायली सुरक्षा अधिकारीहरू र होम फ्रन्ट कमान्डले जारी गरेका सुरक्षा सूचना र निर्देशनहरूको कडाइका साथ पालना गर्ने।
सकेसम्म घरभित्रै बस्ने, सतर्क रहने र आफ्नो क्षेत्रमा रहेको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहने।
इजरायलका सम्बन्धित निकायको पूर्व अनुमति बिना अनावश्यक यात्रा नगर्ने।
स्थानीय समाचार, आधिकारिक घोषणाहरू र आपतकालीन सूचनाहरूलाई निरन्तर पछ्याउने।
कुनै पनि आपतकालीन अवस्थाका लागि तोकिएका आश्रयस्थल वा नजिकैका सुरक्षित स्थानहरूको पहुँचमै रहने।
यस विषम परिस्थितिमा दूतावासले नेपाली नागरिकहरूलाई आफूसँग नियमित सम्पर्कमा रहन अनुरोध गरेको छ। कुनै पनि आपतकालीन अवस्थामा तत्काल उद्धार वा सहयोगका लागि दूतावासले निम्न सम्पर्क विवरणहरू सार्वजनिक गरेको छ।
टेलिफोन नम्बर: +९७२-५४५५८२०७७ (+972-545582077)
इमेल: telaviv@nepalembassyil.com

प्रकाशित: १६ फाल्गुन २०८२ १६:१३ शनिबार





