२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

वीरगन्जका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ।

गत मंगलबार जिल्ला अदालत पर्साबाट लिखत सम्बन्धी मुद्दामा पक्राउ गर्न पुर्जी जारी भएको आठौँ दिन पर्सा प्रहरीले मेयर राजेशमान सिंहलाई पक्राउ गरेको हो।

पर्सा जिल्लाको उत्तरी भेगमा पर्ने ठोरी एरियामा लुकेर बसेको अवस्थामा पर्सा प्रहरीले गरेको विशेष सूचनाको आधारमा मेयर सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह अदालत परिसर पुगेर फोटो खिचाएर सामाजिक सञ्जालमा पोस्ट गर्न लगाएर फरार भएका थिए। स्थानीय लेयाकत अलिको जाहेरीको आधारमा गत १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहसहित तीन जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App