कोशी प्रदेशसभाले योगदानमूलक निवृत्तिभरण कोष स्थापना र सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।
आइतबारको प्रदेशसभा बैठकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।
प्रदेशसभामा योगदानमूलक निवृत्तिभरण कोष स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय सर्वसम्मतले पारित भएको सभामुख अम्मरबहादुर विष्टले जानकारी दिए । विधेयक पारित भएसँगै कोशी प्रदेशमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आएको छ ।
विधेयकमा भएको व्यवस्था अनुसार २०८२ साउन देखि प्रदेश निजामती सेवा ऐन र स्थानीय सरकारी सेवा ऐन बमोजिम नियुक्त हुने कर्मचारीहरू योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेछन् ।
प्रकाशित: २५ श्रावण २०८२ १६:४९ आइतबार





