२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

भोजराज भट्टराई एक असल र सदाचारी समाजसेवी थिएः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईका पिता भोजराज भट्टराई एक असल र सदाचारी समाजसेवी भएको स्मरण गरेका छन् ।  

मंगलबार परिवारलाई समवेदना सन्देश पठाउँदै राष्ट्रपति पौडेलले भट्टराईको निधनको खबरले आफू दुःखी भएको उल्लेख गरेका हुन् ।  

“श्री वीन्ध्यवासीनी निमावी खोप्लाङका संस्थापक भोजराज गाउँघरका दीनदुःखीहरूलाई सहयोग गर्दै उनीहरूलाई अभिभावकीय भूमिका निर्वाह गर्ने एक असल र सदाचारी समाजसेवी हुनुहुन्थ्यो”, राष्ट्रपति पौडेलको समवेदना सन्देशमा उल्लेख छ । उनले स्वर्गीय भोजराजको आत्माको चीरशान्तिको कामनासहित श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।  

सो समवेदना सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले पूर्व प्रधानमन्त्री डा.भट्टराईलाई हस्तान्तरण गरेका थिए ।  

सो अवसरमा प्रथम महिला सबिता पौडेल पनि सहभागी थिइन् । 

प्रकाशित: २७ माघ २०८२ १७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App