मातृभूमि जागरण अभियान नेपालको नेतृत्व गरिरहेका भीम रावल पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । नेकपा एमालेले पार्टी छोडेर गएकालाई घर फर्कन आह्वान गरे पनि अध्यक्ष ओलीले पार्टी फर्कन उचित वातावरण तयार बनाउनुपर्ने राय राख्दै आएका रावलले एमाले आफू अनुकुल नहुने बुझेपछि नव गठित नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुने निष्कर्षमा पुगेका हुन् ।
रावलसँग नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताले विभिन्न चरणमा छलफल गरेका थिए । एमालेले भाउ नदिरहेका बेला नव गठित पार्टीका संयोजक पुष्पकमल दाहाल तथा सहसंयोजक माधवकुमार नेपालसहितका नेतासँगको छलफलले रावललाई नयाँ पार्टी तर्फ डोहोर्याएको हो ।
रावलको स्वागतका लागि नेपाली कम्युनिष्ट पार्टीले कार्तिक २६ गते औपचारिक कार्यक्रमको आयोजना गर्ने भएको छ । राष्ट्रिय सभा गृह प्रदर्शनी मार्गमा हुने कार्यक्रम दिउँसो साढे एक बजेदेखि सञ्चालन हुने पार्टीले जनाएको छ ।
यता नेकपा एमालेले पनि पार्टी छोडेका नेता तथा कार्यकर्ताको स्वागतमा आज कार्यक्रम आयोजना गरेको छ ।
प्रकाशित: २४ कार्तिक २०८२ १५:५८ सोमबार




-600x400.jpg)
