२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

एमालेको मोरङ पार्टी कार्यालयमा भण्डारीको प्रवेश, पार्टी काममा सक्रिय भएको भनाइ

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगर पाञ्चाली स्थित जिल्ला पार्टी कार्यालय मोरङमा पुगेर पार्टीको काममा सक्रिय भैसकेको सन्देश दिएकी छिन् । 

पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई संशोधन गर्दै भण्डारीले देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै आफू पुनः पार्टीको सदस्यको रूपमा सक्रिय भएको बताइन् ।  

सम्बोधनका क्रममा उनले देशको अर्थतन्त्रलाई  बलियो बनाउनुपर्ने धारणा  राखिन् । राष्ट्रिय अर्थतन्त्र कमजोर भए राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा आँच आउन सक्ने भएकाले राष्ट्रिय अर्थतन्त्रलाई मजवुद बनाउनुपर्ने  उनको भनाई छ । उनले भनिन्,‘राष्ट्रिय अर्थतन्त्रलाई मजवुद नभए राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा आँच आउन सक्ने भएकाले   प्राकृतिक स्रोतहरूलाई राष्ट्रको हितमा प्रयोग गर्दै राष्ट्रिय अर्थतन्त्रलाई मजवुद बनाउनुपर्छ ।’ 

देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् । आफू राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रिय जिम्मेवारीका कारण पार्टी कार्यालयमा आउन नपाएको भन्दै उनले राष्ट्रपति पदबाट निवृत्त भएपछि पार्टी सदस्यता नवीकरण गरेको दोहो¥याइन्  । आफू एमालेको सदस्य भएको ४५ वर्ष भएको स्मरण गर्दै भण्डारीले पार्टी सदस्य पनि विराटनगरबाटै भएको र शपथ खाएकाले विराटनगर, मोरङ गृह जिल्ला, गृह नगर जस्तो लाग्ने बताइन् । आफू विशेष कामको जिम्मेवारीबाट फर्केर पुनः पार्टीको परिवारमा आबद्ध भएको बताउँदै भण्डारीले उपस्थित सबैलाई पार्टीको सिद्धान्तलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न लाग्न आग्रह गरिन्  ।  

पार्टी कार्यालयमा भण्डारीको स्वागत, संस्थापन पक्षका नेता आएनन्  

करिब १० वर्ष पछि पार्टी कार्यालयमा पुगेकी भण्डारीलाई संस्थापन इतर पक्षका नेता कार्यकर्ताले स्वागत गरेका छन् । संस्थापन पक्षका नेता कार्यकर्ता भने भण्डारीको स्वागतमा पार्टी कार्यालयमा आएनन् । संस्थापन पक्षका नेता तथा विराटनगर महानगरपालिका इन्चार्ज पर्शुराम बस्नेतले पार्टी कार्यालयमा भदौ ३ गते कुनै पनि कार्यक्रम नभएको भन्दै नेता कार्यकर्ताहरूलाई फेसबुक स्टाटस मार्फत सूचना जारी गरी पार्टी कार्यालयमा उपस्थित नहुन उर्दी जारी गरेका थिए ।  पार्टी कार्यालय भण्डारीले प्राङ्गणमा रहेका मदन भण्डारी, मनमोहन अधिकारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण गरेकी थिइन् ।  

प्रकाशित: ३ भाद्र २०८२ १७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App